कोरोनाका कारण ऑस्कर अवार्ड २ महिना पछि सारियो

Share on facebook
Share on twitter
Share on email

काठमाडौँ,

हिमाल दैनिक,

बिश्व प्रसिद्ध ऑस्कर अवार्ड शो यस बर्ष सारिएको छ। बिश्वब्यापी रुपमा कोरोना भाइरस (कोबिड-१९) को महामारी फैलिएको कारण यस बर्षको ऑस्कर शो २५ अप्रिल २०२१ मा सारिएको छ। यसअघि यो शो २८ फरवरीमा गर्ने तय गरिएपनि कोरोनाका कारण दुई महिना पछि सारिएको द एकेडमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइंसेजले जनाएको छ।

यस बर्ष रिलिज हुने फिल्महरु यो महामारीका कारण प्रभावित भईराखेको बेला उनीहरुको फिल्म यस बर्षसम्म पुरा गरि रिलिज गर्ने समय दिनका लागि एकडेमीले पछि सरेको चीफ एग्जिक्यूटिव डॉन हडसनले जानकारी दिएका छन्। सन् २०२० को अन्तिममा रिलिज हुने फिल्म यो महामारीका कारण बन्द भएको छ। त्यस्तै एकडेमीले यस बर्षको ऑस्करका लागि समय अबधि पनि बढाएको छ। अब हुने ऑस्कर अवार्डमा डिसेम्बर ३१ ,२०२० देखि २८ फरवरी २०२१ सम्मको फिल्म्हारी नामांकनमा पर्ने छन्।

यस अघि ऑस्कर तीन पटक सारिएको थियो। पहिलो पटक सन् १९३८ मा अमेरिकाको लास एन्जलसमा गएको बादीका कारण, दोस्रो पटक सन् १९६८ मा डा मार्टिन लुथर किंग जुनियरको हत्या भएको बेला र सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या भएको बेला अवार्डको तारिक पछि सारिएको थियो। यस बर्षको नोमिनेसन मार्च २१,२०२१ मा घोषणा गरिनेछ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे