सांसद शाहीको प्रश्नः प्रम ओलीज्यू, महामारी नियन्त्रणमा लाग्ने कि संक्रमितको टाउको गनेर बस्ने? 

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य परिक्षणसँगै क्वारेन्टाइनको व्यवस्थापन गरी रोकथाम गर्न भन्दा संक्रमितको टाउको गनेर बसिरहेको आरोप विपक्षी दलका सांसदले लगाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेस सांसद रंगमति शाहीले समयमै स्वास्थ्य परिक्षण र क्वारेन्टाइन व्यवस्थापनमा सरकारले प्रभावकारी कदम चाल्न सकेको भए संक्रमितसँगै कोरोनाका कारण मृत्युवरण गर्नेको संख्या बढेर नजाने दाबी गरिन्।

उनले भनिन्, ‘कोरोना भाइरसले पौष महिनामा नै खबर पठाएको थियो, म भाइरस हुँ, भिसा चाहिँदैन तयारी अवस्थामा बस्नु। तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन, बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिंगाल, त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो। कमि थियो त एउटा इच्छा शक्तिको कमि थियो।’

प्रम ओलीज्यू, महामारी नियन्त्रणमा लाग्ने कि संक्रमितको टाउको गनेर बस्ने?

रातो कार्पेट फेर्नु भन्दा क्वारेन्टाइनको ढोेकाको चुक्कुल फेरिदिएको भए महिलाहरु बलत्कृत हुने थिएनन्। 'कोरोना भाइरसले पौष महिनामा नै खबर पठाएको थियो, म भाइरस हुँ, भिसा चाहिँदैन तयारी अवस्थामा बस्नु। तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन, बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिंगाल, त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो। कमि थियो त एउटा इच्छा शक्तिको कमि थियो।'

Posted by Himal Dainik on Tuesday, June 23, 2020

साथै सांसद शाहीले सरकारको नेतृत्व जनताको ज्यान जोगाउन छोडेर सरकार र सत्ता टिकाउनका लागि सांसद विकास कोषको नाममा सांसदलाई चार करोड रुपैयाँ वितरण गरेर बसिरहेको आरोप लगाइन्।

महामारीले विश्व हल्लिरहेको बेला हाम्रो सरकारलाई यो संक्रमणलाई झाडा पखलाको समस्या जस्तो गरी हल्का रुपमा लिएको आरोप उनले लगाइन्।

राष्ट्रपति कार्यालयको कार्पेट फेर्ने सरकारी कार्यप्रति लक्षित गर्दै उनले भनिन्, ‘यतिबेला रातो कार्पेट फेर्नु भन्दा क्वारेन्टाइनको ढोेकाको चुक्कुल फेरिदिएको भए महिलाहरु बलत्कृत हुने थिएनन्। समयमै सीमामा स्वास्थ्य परिक्षण गरेर व्यवस्थापन गरिदिएको भए संक्रमितको संख्या बढ्ने थिएन। क्वारेन्टाइनको व्यवस्थापन र स्वास्थ्य परिक्षण बढाइदिएको भए आज यतिका मानिसले मृत्युवरण गर्नु पर्ने थिएन।’

प्रधानमन्त्री ओलीले हालै व्यक्त गरेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भनिन्, ‘अब भदौ सम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रो प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नु भएको छ। टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने?’

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे