सीमा समस्या समाधान गर्न स्थायी समितिका सदस्यहरुको माग

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी कपाको स्थायी कमिटी बैठकले भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कुटनीतिक पहल गर्न सुझाएको छ । गत बुधबार देखि जारी नेकपा स्थायी कमिटी बैठकमा शनिबार बोल्ने अधिकाश सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरेसंगै भारतसंग ठोठ वार्ता गर्दै सीमा समस्या समाधान गर्न सुझाएका हुन ।

तेस्रो दिनको बैठक सकिदासम्म ३८ जना सदस्यले बोलेको र अहिलेसम्म सीमा विवाद र नयाँ नक्साका विषयमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा बोल्ने सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरसंगै भारतले मिचेको भूभाग फिर्ता ल्याउन ठोस कदम चाल्नु पर्ने सुझाब दिएको बताए ।

भारतको हेपाह प्रवृत्तिकै कारण नेपालमा भारतविरोधी भावना बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । उहाले नेपाललाई दबाब दिएर आफ्नो एकलौटी हित साध्न खोज्ने र प्रभावमा राख्ने व्यवहार स्वयं भारतको हितविरुद्ध हुने चेतवनी दिए । पन्तले नेपाल र भारतबीच विद्यमान समस्याको समाधान वार्ताबाटै खोजिनुपर्ने जिकिर गरे ।

स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए । दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए भने तेस्रो दिन प्रधानमनत्री केपशिर्मा ओली एकैछिन बैठकमा बसेर बाहिरिएका थिए । नेकपाको स्थायी ककिटी अर्को बैठक असार १६ गते विहान ११ बस्ने गरी स्थगित भएको प्रवक्रा नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे