चन्द समूहका छ जना पक्राउ

Share on facebook
Share on twitter
Share on email

अत्तरिया,

कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् ।

सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता विष्टले बताए । पक्राउ परेका प्रमुख विक हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका अभियुक्तसमेत रहेको बताइएको छ ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे