चौधौँँ महाधिवेशन फागुन ७ मै गर्न कार्यतालिकामा के गर्नु पर्छ गरौँः देउवा

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौं,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार फागुन ७ देखि १० गते नै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण पार्टीको आन्तरिक कार्यतालिका प्रभावित भएपछि कतिपय असन्तुष्ट पक्षका नेताहरुले समेत सभापति देउवा समयमा महाधिवेशन गर्न तयार नभएको भन्ने अभिव्यक्ति दिइरहेकैबेला सभापति देउवाले आफ्नो अडान कायमै राखेर आफूप्रति आशंका व्यक्त गर्नेहरुलाई गलत सावित गर्न लागिपरेका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय पदाधिकारीको बैठकमा सभापति देउवाले महाधिवेशनको आन्तरिक तयारी सम्बन्धी कार्यतालिका परिमार्जन गरी पूर्व निर्धारित मितिमै महाधिवेशन गर्ने आफ्नो योजना सुनाएका थिए।

‘आजको पदाधिकारी बैठकमा सभापतिजीले म पार्टीको १४औं महाधिवेशन ०७७ फागुन ७ गते नै उद्घाटन गरी सफलता पूर्वंक सम्पन्न गर्न चाहन्छु। किन कि त्यस लगत्तै स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीत हुनु पर्ने भएकोले कुनै पनि हालतमा महाधिवेशनको मिति धकेल्नु हुँदैन,’ सभापति देउवाको भनाई उद्रित गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले हिमाल दैनिकलाई बताए।

यसका लागि दैनिक चार घण्टा काम गर्नु पर्ने भएमा पार्टीका सम्बन्धीत नेता, कार्यकर्ताले महाधिवेशनको तयारीका लागि आवश्यकता परे दैनिक १८÷२० घण्टा काम गर्न परेछ भने पनि गर्न सक्ने भन्दै तोकिएको मितिभित्रै महाधिवेशन सम्पन्न गर्न कुनै समस्या नदेखेको बताएपछि बैठकमा सबै पदाधिकारीहरुले सभापति देउवाको प्रस्तावमा समर्थन जनाएका थिए।

पदाधिकारी बैठकले तयार गरेको नयाँ कार्यतालिका अनुसार, विधानको दफा ७२ को व्यवस्था अनुसार समायोजन गर्न बाँकी रहेका सबै जिल्लाका स्थानीय तहको संरचना असार मसान्त भित्र कुनै पनि हालतमा सम्पन्न गर्न सबै पदाधिकारीले निर्वाचन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ।

त्यसैगरी असार २५ गतेदेखि साउन महिनाभित्र पार्टीको क्रियाशील सदस्यता वितरण सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तयार पारिएको छ भने यसअघि असोज, कािर्तक महिनामा गर्ने भनिएको वडा, गाउँपालिका, नगरपालिका, प्रदेश सभा, संघीय निर्वाचन क्षेत्र र जिल्ला महाधिवेशन आगामी पुस महिनाभित्र सम्पन्न गर्ने तयारी भएको छ।

त्यसपछिको अर्को चरणमा माघ ६ गते सातै प्रदेशको महाधिवेशन गरी फागुन ७ गते १४औं महाधिवेशन उद्घाटन गर्ने गरी तयार पारिएको कार्यतालिकालाई मंगलबार बस्ने केन्दं्रीय कार्यसमितिबाट पारित गराउने तयारी देउवाले गरेका छन्।

यसरी पदाधिकारी बैठकले परिमार्जन गरेको नयाँ कार्यतालिकालाई पारित गर्न सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिको बैठक असार १६ गते १ बजेका लागि बोलाएका छन्।

उक्त बैटकले पार्टी महाधिवेशनको अतिरिक्त सरकारले संसदमा सरकारले अघि बढाएको विवादस्पद नागरिकता ऐन संशोधन विधेयकबारे पनि छलफल र निर्णय गर्ने तयारी रहेको केन्द्रीय सदस्य रमेश लेखकले बताए।

गत मंसिर २९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले १४औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्दै नयाँ विधान अनुसार जिल्ला र स्थानीय तहको अन्तरिक संरचना समायोजनको काम र क्रियाशील सदस्यता चैतभित्र सम्पन्न गर्ने निर्णय गरेका थिए।

आन्तरिक विवादका कारण उक्त निर्णयलाई विवाद समाधान पछि माघ दोस्रो साता बसेको बैठकले पुनः अनुमोदन गरेपछि समायोजन र क्रियाशील सदस्यता वितरण कार्य चैतत्रि सक्ने कार्यतालिकालाई कोरोना संक्रमणले प्रभावित गरेको थियो।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे