पाल्पामा सलह भगाउन सकस

Share on facebook
Share on twitter
Share on email

पाल्पाको तिनाउ गाउँपालिका–२ झयाङ्गलाको स्मार्ट कृषि गाउँको मकै बालीमा देखिएको सलह कीरा । शनिबारदेखि सलह कीरा गाउँमा देखिएका कीरा आइतबार मकै बालीमा देखिएको छ । तस्वीर: कृष्ण दर्नाल

पाल्पा,

यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए ।

पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ । जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । अधिकांश स्थानमा देखिएका सलह शनिबार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख अर्यालले अधिकांश सलह पाल्पा तिनाउँ गाउपालिका २ झयाङ्लाका बस्तीका रुखमा शनिबार रात बिताएको बताए । उनले भन्नुभयो, “शनिबार रात परेकाले रुखमा बसेको देखियो, आज बिहान पनि वर्षा भएकाले सलह सक्रिय हुन सकेन । मौसम सफा भएपछि सलह आकाशमा उडिरहेकाले किसानले आगो बालेर धुवाँमय बनाउँदा अन्नबालीमा सलह बस्न सकेको छैन । कतिपय थाल बजाई अन्नबाली जोगाउन जुटेका छन् ।” स्थानीय स्रोत र साधनको प्रयोग गरी सलह नहटेमा रासायनिक औषधि प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए ।

तिनाउको झयाङ्ला गाउँ प्रदेश सरकारद्वारा सञ्चालित स्मार्ट कृषि गाउँ हो । यस क्षेत्रमा बाक्लो मात्रामा सलह रहेको छ । स्मार्ट कृषि कार्यक्रम, कार्यान्वयन समितिका अध्यक्ष चोपलाल जिसीले शनिबारदेखि झयाङ्ला क्षेत्रमा बास बसेको सलह आज साँझसम्म आकाशमा उडिरहेको बताउनुभयो । “वर्षा भएकाले बिहान सलह रुखमा नै देखिएको थियो ।

वर्षा कम भई मौसम सुधार भएपछि मकैबाली, सिमीमा पनि देखिएको छ”, जिसीले भने, “स्थानीय बासिन्दाले सहल धपाउन कोसिस गरिरहेका छन् । आगो बाल्ने, भाँडा बजाउने कार्य गरे पनि सलह आकाशमा उडिरहेको देखिएको छ ।”

तिनाउ गाउँपालिकाका खुर्सानी, बगाहलगायत माथिल्लो भागमा सलह देखिएको स्थानीय बासिन्दा रुद्र जिसीले बताए । किसानलाई उत्पादित अन्नबाली खाने पिरलो छ । रुखका पात खाइसकेको छ । मकैबाली पाकेकाले स्याहार्ने चटारोमा रहेका किसानलाई धानको बीउ जोगाउन मुश्किल हुने जिसीको भनाइ छ । बगनासकाली गाउँपालिकाको बराङ्दी क्षेत्रमा पनि आज साँझ सलह देखिएको स्थानीय बासिन्दा विष्णु घिमिरेले बताए ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे