सेफिल्डलाई हराउदै आर्सनल पुग्यो एफए कपको सेमी फाइनलमा(हाईलाइट सहित)

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

‘एफए कप’ फुटबलमा आर्सनल सेमी फाइनलमा प्रवेश गरेको छ। आज साँझ भएको क्वार्टरफाइनल खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुनिचित गरेको हो।

अन्तिम समयमा बराबरीमा भएको खेललाई इन्जुरी टाइममा आर्सनलका डानी सेबायोसले गोल गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। सेफिल्डको घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा आर्सनलका पेपेले गोल गर्दै खेलमा अग्रता दिलाए। पहिलो हाफ आर्सनलले अग्रता कायम गरेपनि दोश्रो हाफको ८७ औं मिनेटमा सेफिल्डका डेविड म्याकगोल्ड्रिकले गोल गरेर खेललाई बराबरीमा पुराए। अन्तिम समय गोल गरेपछि निर्धारित समयमा खेल बराबरीमा रोकियो।

इन्जुरी टाइमको पहिलो मिनेटमै सेबायोसले गोल गर्दै आफ्नो टिमलाई सेमी फाइनलमा  प्रवेश गराए।

यस अघि शनिबार भएको पहिलो क्वाटरफाइनमा युनाइटेडले नर्विचलाई २-१ ले हराउदै सेमी फाइनलमा गरेको थियो। त्यस्तै चेल्सी र लेस्टर सिटीबीच खेल हुँदै छ भने म्यानचेष्टर सिटी र न्यूकासल युनाइटेडबीच ११:१५ मा खेल हुनेछ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे