नेकपालाई कांग्रेस प्रवक्ताको प्रश्नः प्रधानमन्त्री छान्ने संवैधानिक हक र स्वतन्त्रता छ कि छैन?

Share on facebook
Share on twitter
Share on email

फाइल फाेटाे

हिमाल दैनिक

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी कदम नरुचाएको भारतले आफूलाई पदबाट हटाउन खोजिरहकोे भन्ने अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रष्ट्याउन चुनौति दिएका छन्।

कोेरोना महामारी नियन्त्रणदेखि पार्टी र देशको शासन सत्ता सञ्चालनमा पूर्णरुपले असफल हुँदै गएको आरोेप आफ्नै दलभित्रका नेताहरुले लगाएपछि त्यसको प्रतिरक्षाका लागि राष्ट्रवादी बर्को अढ्दै भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएलगत्तै सोमबार प्रवक्ता शर्माले प्रधानमन्त्री ओेलीको अभिव्यक्तिबारे स्वयं उनको पार्टील देशलाई प्रष्ट्याउन जरुरी भएको बताएका छन्।

प्रवक्ता शर्माले सोमबार ट्वीटरमार्फत प्रश्न गर्दैै सोधेका छन्, ‘प्रधानमन्त्री बनाउन र हटाउन नकपासँग संसदमा रहेको बहुमतको संवैेधानिक सार्वभौमिकता नकपासँग छ कि छन? छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन?’

प्रवक्ता शर्माले कोरोेनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन् भन्दै सहयोद्धाहरुले उनकोे सत्ता जागाइदिएकोमा उनीहरुलाई धन्यवाद दिन सुझाव दिएका छन्।

साथै उनले नेकपा र त्यसको संसदीय दलले उनलाई पदबाट हटाउन चाहे वा हटाएमा पनि हालसम्मको कामका लागि धन्यवाद लिन सुझाएका छन्।

प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता शर्माले भनेका छन् ‘हटाउन लाग भनेर सार्वजनिक रुवाबासी गर्नु शोेभनीय भएन। थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन प्रधानमन्त्री।’

नेपालकोे संविधानले देशको प्रधानमन्त्री बन्नका लागि संसदमा रहेको राजनीतिक दलसँग बहुमत प्राप्त नेता हुनु पर्ने व्यवस्था गरेको बताउँदै शर्माले बहुमत प्राप्द दलको संसदीय दलले आफ्नो दलकोे नेतालाई प्रधानमन्त्री बनाउन अथवा हटाउन सक्ने व्यवस्था रहेको बताए।

यसरी संसदमा स्पष्ट बहुमत प्राप्त नेकपाको अध्यक्ष एवं दलको नता जो देशको कार्यकारी सरकार प्रमुख रहेकोे छ उसैले आफूँसँग स्पष्ट बहुमत हुँदा हुँदै कुनै देशविशेषल आफूलाई हटाउन लाग्यो भन्नु पदिय मर्यादा र जवाफदेहिता भन्दा बाहिरको विषय भएको बताए।

उनले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीजीले कि म सँग दलभित्रै बहुमत छैन भन्नु पर्यो। यदि बहुमत छ भने विदेशीले चाहँदैमा कसरी हट्छ र हटाउन लागे भनि गैरजिम्मेवारी अभिव्यक्ति दिने?’

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे