२४ घन्टामा ४ सय ७६ जना संक्रमित,एकको मृत्यु, १ सय २१ जना डिस्चार्ज

Share on facebook
Share on twitter
Share on email

हिमाल दैनिक,

काठमाडौँ,

नेपालमा सोमबार थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुष स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।।

त्यस्तै १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएको उनले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित मध्ये ३ हजार १ सय ३४ जना निको भएर डिस्चार्ज भएको जनाइएको छ । त्यस्तै हालसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ भने आरडिटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेकाछन् । देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेकाछन् ।

विज्ञापन:
विज्ञापन:

अन्य समाचार

राजनीति

कोरोना अपडेट

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे