भारतीय प्रधानमन्त्री मोदी पश्चिम बंगालमा

Share on facebook
Share on twitter
Share on email

कोलकाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पश्चिम बंगालको भ्रमणमा गरेका छन् । उनि शुक्रबार बिहान कोलकाता विमानस्थल पुगेको भारतीय संचार मध्यमले जनाएको छ ।

बुधबार र बिहीबार आएको अम्फान आँधीका कारण पश्चिम बंगालमा मात्र ७२ जनाको मृत्यु भएको समाचार यसअघि नै आइसकेको छ । प्रधानमन्त्री मोदीलाई शुक्रबार बिहान कोलकाता विमानस्थलमा पश्चिम बंगाल राज्यका गभर्नर जगदीप धनखर र पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले स्वागत गरेकी थिइन् ।

हिजोको आँधीको कारण कोलकाता विमानस्थल जलमग्न भएको थियाे । आँधीले यस राज्यमा मात्र पाँच हजार भन्दा बढी घर भत्काएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले यहाँका शोकाकुल परिवारमा समवेदना पनि व्यक्त गरेका थिए।

त्यस आँधीको क्षतिको बारेमा जानकारी लिन र शोकमा परेका परिवारलाई सान्त्वना दिन उनि आज पश्चिम बंगाल पुगेका हुन् । साथै यस भ्रमणपछि उनले त्यहाँका अधिकारीहरुलाई विशेष दिर्नेशन दिने कार्यक्रम रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

बंगालको खाडीबाट आएको अम्फान नामको आँधी कोलकाता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । यस आँधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ । (रासस/एएनआइ)

अन्य समाचार

राजनीति

ताजा समाचार

विचार

सम्पादकीय

कला-साहित्य

कविता:</br> सहबास ती रातहरुसँग
कविता:
सहबास ती रातहरुसँग

नवीनचन्द्र घिमिरे