कुनै समयमा नेपाली कांग्रेस र यसका संस्थापक नेता बी.पी. कोइरालाको कट्टर दुश्मनका रुपमा परिचित थिए, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा।
धनकुटाको मुगा निवासी थापा तत्कालीन राजदरबार र पञ्चायती व्यवस्थाको एक खम्बाका रुपमा राष्ट्रिय राजनीतिमा स्थापित मात्र भएनन्, बहुदलीय प्रजातन्त्र र गणतन्त्र कालमा पनि नेपालको राजनीतिमा केन्द्रविन्दुमै रहन सफल भए। तर, उनै सूर्यबहादुरका छोरा सुनिलकुमार थापा बाबुको राजनीतिक दर्शन र विरासतलाई तिलाञ्जली दिँदै बी.पी. सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापना गरेको नेपाली कांग्रेसमा प्रवेश गर्न र पार्टीले अंगालेकाे लाेकतान्त्रिक गणतन्त्र र संसदीय प्रजातन्त्र स्वीकार गर्न तयार भएका छन्।
यो पनि पढ्नुहोस्:
बाबुको राजनीतिक जीवनको उत्तराद्र्धमा बाबुकै सहारामा एकैचोटी राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल सुनिलसहित करिब १५ जना राप्रपाका पूर्व नेता, कार्यकर्ताहरुलाई मंगलबार अपरान्ह पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टी प्रवेश गराउँदैछन्। कांग्रेस पार्टी स्रोतका अनुसार, थापाले करिब पाँच दर्जन नेता, कार्यकर्तालाई आफूसँगै कांग्रेसमा प्रवेश गराउँन चाहेको भएपनि विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण आज थापासहित करिब १५ जना जति नेता, कार्यकर्तालाई पार्टीको सदस्यता दिने तयारी भइरहेको छ। पूर्वपञ्चहरुको परिचयले चिनिएका पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले विभिन्न गुट÷उपगुटमा सञ्चालन गर्दै आएका तीन पार्टीबीच केही समयअघि एकीकरण भएपछि उक्त एकीकृत पार्टीले लिएको राजतन्त्र र हिन्दुधर्मको विषयमा विमती जनाएका सुनिललाई राप्रपाको १३ सदस्यीय कार्यसम्पादन समितिमा राखिएको थिएन। राप्रपाबीचको एकीकरण हुनुपूर्व राणाको नेतृत्वमा रहेको तत्कालीन राप्रपा (संयुक्त)लाई कांग्रेसमा एकीकरण गराउने रणनीतिमा सक्रिय रहेका थापालाई राप्रपाबीचको एकीकरण पश्चात कार्यसम्पादन समितिमा समेत नराखिएपछि उनी रुष्ट बनेका थिए। त्यसपछिका दिनमा निरन्तर कांग्रेस नेतृत्वसँग पार्टीमा प्रवेश पाउन वार्ता अघि बढाएका थापाले गत शनिबार कांग्रेस नेतृत्वकै सुझाव अनुसार गृहजिल्ला धनकुटा पुगेर आफूसँगै जिल्लाका नेता, कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। राणासँगै कांग्रेसमा प्रवेश गर्ने वार्ताको प्रारम्भिक दिनमा महामन्त्री पदको आकांक्षा गरेका थापालाई कांग्रेस नेतृत्वले सहमहामन्त्री बनाउन सहमत भएपनि आजै भने उनलाई साधारण सदस्यता मात्रै दिने तयारी भइरहेको छ। कांग्रेस स्रोतका अनुसार, आज थापासहित पार्टीमा जे जति सदस्यले प्रवेश गरेपनि थापालाई सहमहामन्त्री र उनका ५ सदस्यलाई केन्द्रीय सदस्यता तथा दुई जनालाई आमन्त्रित सदस्य बनाउने आन्तरिक सहमति भइसकेको छ। यसको घोषणा भने आज नहुने भएको छ। २०४६ सालको राजनीतिक परिवर्तन र पञ्चायतको अवसानपछि दरबारकै पक्षपोषण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना गर्दै र कहिले आन्तरिक कलहका कारण जनशक्ति पार्टी त दोस्रो जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुनः राप्रपामा सहभागी हुन पुगेका सूर्यबहादुरले पुरानो राजनीतिक दर्शन र दरबारसँगको सामिप्यताबाट अलग्गिएका थिए। त्यसपछि ०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट छोरा सुनिललाई पनि राजनीतिमा स्थापित गरेका थिए।
बल्ल जुर्यो धनकुटे कांग्रेसीलाई रुखैमा भोट हाल्ने साइत |

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय