नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानासहित ४ सय ७९ जना पार्टी सदस्यहरुलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्ति अनुसार, सभापति देउवाले पार्टीको नियमावलीको नियम ५० को व्यवस्था बमोजिम पूर्व सभामुख तथा पूर्व महामन्त्री रानाभाट, ढुंगानादेखि पूर्वमन्त्री होमनाथ दाहालसम्मलाई जेष्ठ राजनीतिज्ञ सभामा मनोनित गरेका हुन्।
पार्टी विधान र नियमावलीको उक्त नियममा पार्टीमा लामोसमयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका जेष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा जेष्ठ राजनीतिज्ञ सभा गठन गर्ने व्यवस्था रहेको छ। त्यसैगरी उक्त नियममा प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा जेष्ठ राजनीतिज्ञ समिति गठन गर्ने उल्लेख छ। जसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय