हिमाल दैनिक
काठमाडाै‌ं उपत्यका प्रवेश गर्ने २४ जनामा कोरोना सङ्क्रमण, राति उपत्यका प्रवेशमा रोक
corona-test-2
उपत्यका प्रवेश गर्ने २४ जनामा सङ्क्रमण यसैगरी मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा कोभिड-१९ को परीक्षण थालेको छ। यसरी तीन हजार ४७३ जनामा परीक्षण गर्दा २४ जनामा मात्र सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। उनका अनुसार नागढुङ्गामा तीन, फर्पिगमा १०, साँगामा ११ जनामा सङ्क्रमण देखिएको छ। मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै मानिसको नमूना सङ्कलन गरिएको छ। अहिलेसम्म ८ हजार ४ सय १ जनाको नमूना सङ्कलन गरिएको छ। यसैबिच गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै रातिको समयमा उपत्यका प्रवेशमा रोक जगाएको छ । जोखिम बढेकाले दिउँसोको समयमा समेत आजदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ । यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ । आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update