काठमाडौं । लेबनानको राजधानी बेरुत नजिकै ठूलो विस्फोट भएको छ। सन २००५ मा हत्या गरिएका पूर्व प्रधानमन्त्री रफीक हरीरीको मुद्दाको फैसलाहुन भन्दा अगाडी शहरमा विस्फोट भएको बीबीसीले जनाएको छ।
रिपोर्टका अनुसरा विस्फोट शहरको बंदरगाह क्षेत्रमा भएको थियो। यस्तै उक्त क्षेत्रमा दोस्रो विस्फोट भएको अपुष्ट खबरहरु पनि बाहिरिएको छ। सामाजिका सञ्जालमा शेयर गरिएको भिडियोमा भयानक विस्फोट भएको दखिएको छ। उक्त विस्फोटमा कैयौं व्यक्तिहरु हताहत भएको बताइएको छ। यस्तै घाइतेहरुलाई अस्पताल लगिएको छ।
ति भयानक विस्फोट कसरी भयो भन्ने जानकारी बाहिर आएको छैन। रिपोर्टका अनुसार उक्त क्षेत्रमा स्वचालित बम विस्फोट भएको थियो। सन २००५ मा हरीरीको हत्याको आरोपमा राष्ट्रसंघको एक न्यायाधिकरण विभागले ४ जनालाई सजाय सुनाउँदै छ। ती चारैजना इरानी समर्थित हिजबुल्लाह समूहका सदस्य हुन्। उनीहरुले हरीरीको हत्यासँग आफ्नो कुनै सम्बन्ध नभएको बताउँदै आएका छन्। फैसला शुक्रबार हुँदै थियो। https://youtu.be/cGbzrDNZWb4Stunning video shows explosions just minutes ago at Beirut port pic.twitter.com/ZjltF0VcTr
— Borzou Daragahi 🖊🗒 (@borzou) August 4, 2020
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय