हिमाल दैनिक
सभापति देउवालाई म बाहेक कसैले पनि हराउन सक्दैनः महामन्त्री कोइराला
23132106_156974771574034_8369482524497174259_n
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू बाहेक पार्टीका कुनै पनि नेताहरुले सभापति शेरबहादुर देउवालाई महाधिवेशनमा पराजित गर्न नसक्ने दाबी गरेका छन्। सोमबार कान्तिपुर टेलिभिजनको फाएरसाइड कार्यक्रममा बोल्दै पार्टी महामन्त्री कोइरालाले आफूलाई पार्टी नेतृत्वमा आउने खासै रुचि र चाहना नभएपनि बाध्यताका कारण आफू नेतृत्व लिन तयार भएको बताए। पार्टी नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहदेखि शेखर कोइरालामध्ये कुनै पनि नेताले सभापति देउवालाई हराउन र पार्टी संस्थापक नेता बी.पी. कोइरालाले लिएको सिद्धान्त र विचार अनुसारको पार्टीलाई जीवित राख्न पनि आफैँ अगाडि आउनु परेको पनि बताए। पार्टीभित्र रहेको चरम गुटबन्दीले पार्टी संगठन कमजोर भएको बताउँदै कोइरालाले आगामी महाधिवेशनका प्रतिनिधिहरु चयन भएपछि उनीहरुको भावना र चाहना अनुसार नेताहरु पौडेल, सिटौला, सिंह र आफ्नै दाजु शेखरसँग सल्लाह गरी एक जनालाई उम्मेदवार बनाउने बताए। साथै उनले संविधानमा रहेको धर्म निरपेक्षताको विषयमा जनमत संग्रहको माध्यमबाट नेपाललाई जनताको चाहना अनुसारको निर्णयमा जान पनि जनमत संग्रहको माग गरे। आफू धर्म स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले जनमत संग्रहमा गएमा देशको जनसंख्याका आधारमा हिन्दु धर्मले जित्न सक्ने बताए। साथै उनले धर्मको विषयमा आफूले माग गरेको जनमत संग्रहको माग आफूले आगामी महाधिवेशनमा चुनावी मुद्दा बनाउनका लागि नभई देशकै हितका लागि अघिसारेको बताए। पार्टीमा अनुशासन समितिले हालै गरेको अनुशासन समितिको कारबाहीमा परेका तनहुँका गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई गरेको कारबाही दुःखद भएको मात्र होइन पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिल थापाको पार्टी प्रवेशप्रति असन्तुष्टि व्यक्त गरे। आफूले सभापति देउवासँग कुरा गर्दा आफू पुष्करनाथ ओझाको कारबाही फिर्ता लिन तयार भएको बताउँदै रामचन्द्रलाई मनाउन भनेपछि जोशीको विषयमा पौडेलसँग कुरा गर्दा सुन्नै नचाहेको आरोप पनि लगाए।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update