हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार, सूचना, संचार तथा प्रचार विभागमा सदस्यहरुको मनोनित गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित विभागको उपप्रमुखमा सुरेश आचार्य तथा सचिवमा दिनेश थापामगर मनोनित भएका छन्। असन्तुष्ट पक्षले पछिल्लो समय विभाग गठन तथा विभिन्न निकायमा मनोनयनको प्रक्रियाप्रति असहमति जनाउँदै सभापति देउवालाई धम्क्याइरहेका बेला सभापति देउवाले बुधबार प्रचार विभागमा सदस्यहरुको मनोनयन गरेका हुन्। सुरुमा विभागीय सदस्यहरुको मनोनयनमा पनि गुटगत भागवण्डाकै आधारमा साठी, चालिसको हिस्सा राख्ने भनिएपनि असन्तुष्ट पक्षले आफ्नो तर्फबाट विभागमा सहभागिता नहुने बताएपछि देउवाले विभागीय सदस्यहरुमा कुनै भागवण्डा गरेका छैनन्। यसरी अहिलेसम्म सभापति देउवाले गठन गरेका २० विभागमध्ये पछिल्लो पटक आज मनोनित गरिएका सदस्यहरुको संख्या अहिलेसम्मकै अत्यिाधिक अर्थात संयोजकसहित ४९ रहेको छ। नयाँ विधानको संशोधित प्रवाधान अनुसार, विभागमा प्रमुखसहित बढीमा ५१ जनासम्म रहनसक्ने व्यवस्था छ। नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागमा मनोनित सदस्यहरुको सूचिः
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update