नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार केन्द्रीय सदस्इ एन.पी. साउदको संयोजकत्वमा गठित कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा ४८ जना सदस्यहरु मनोनित गरेका छन्।
बिहिबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, विभागको उपप्रमुखमा लम्जुङका विष्णु धिताल र सचिवमा विनिता अधिकारी रहेका मनोनित भएका छन्।
विभागको उपप्रमुखमा मनोनित भएका धिताल २०७२ साल मंसिरमा तत्कालिन एपेक्स डेभलोपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्जका क्रममा कमसल धितो र नक्कली कागजपत्र बनाएर वित्तिय ठगी गरेको आरोप लागेको थियो।
एपेक्स बैंकको अध्यक्ष धिताललाई करिब डेढ अर्ब रुपैयाँ बराबरको रकम घोटाला गरेको आरोपमा उनीसहित २१ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले २०७५ साल जेठमा पक्राउ गरेको थियो।
दुई महिना लामो अनुसन्धानपछि भएको मुद्दामा तत्कालिन उच्च अदालत पाटनले २०७५ भदौमा धरौटीमा रिहा छोड्न आदेश दिएको थियो।
यसैगरी सदस्यहरुमा खोटाङका पूर्वा सांसद सर्वधन राईदेखि नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका मुकेश काफ्ले समेत रहेका छन्।
आज मनोनित हुने उप्रमुख, सचिव र सदस्यहरुको सूचिसहितः
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय