हिमाल दैनिक
काठमाडौं - नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको भन्दै आइतबार सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेस भएका छन् ।
प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको मानिस राष्ट्रिय सभामा मनोनित हुनु जनताको अभिमतको अपमान भन्दै उनी माथि रिट परेको हो । ती रिट निवेदनहरु दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा रहेका छन् । अहिले ति रिटहरुको बारेमा अध्ययन भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update