हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा रहेको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना थप सदस्यहरु मनोनित गरेका छन्। पार्टी कार्यालयबाट जारी विज्ञप्ति अनुसार, सभापति देउवाले विधानको धारा २५ (९) बमोजिम विभागमा प्रेमध्वज लामा सिन्धुपाल्चोक, कुलप्रसाद गुरुङ हंङकङ, जगदिश न्यौपाने तनहुँसहित ३४ जनालाई मनोनित गरेका हुन्। यसरी मनोनित हुनेमध्ये कास्की घर भई हाल हङकङमा रहेका गुरुङ विद्यार्थी राजनीतिमा कास्कीको नेविसंघ जिल्ला सभापति तथा ०५४ सालमा पोखरा उपमहानगरपालिकाको उपमेयरमा पराजित भएका थिए भने प्रमेध्वज लामासहित अधिकांश सदस्यहरु विद्यार्थी राजनीतिबाटै आएका छन्। यसअघि देउवाले उक्त विभागमा ७ जना सदस्य मनोनित गरिसकेका छन्। पार्टी नेता रामचन्द्र पौडेल पक्षले विभाग गठन प्रक्रियाको विरोध गर्दै आएकोमा सभापति देउवाले आज पौडेलसँग लामो समय सहयोगीका रुपमा रहेका जगदिश न्यौपानेलाई नै समिति सदस्यमा मनोनित गरिदिएका छन्।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update