मस्को| रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको सोमबार बताएका छन् । उनले शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गरेका हुन् ।
बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेको विमानलाई बीचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय