हिमाल दैनिक
शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालयले बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ । मन्त्रालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिक्षा, बिज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणी पोखरेलले गत असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना २०७७ स्वीकृत भएको भन्दै अव कार्यान्वयनमा जाने बताएका हुन् । आकस्मीक कार्ययोजनाले बसाई स्थानान्तरण भएका बिद्यार्थीहरुको तथ्याङ्क संकलन, सवै बालबालिकाका लागि पाठ्यपुस्तक उपलव्धताको सुश्चिततामा जोड दिइएको मन्त्री पोखरेलले जानकारी दिए । त्यस्तै शैक्षिक सत्रमा बिद्यार्थीले सिक्नुपर्ने बिषबस्तु, शिक्षण बिद्यी र मूल्याङ्कन प्रक्रियाका लागि ढाँचा बिकास, नमूना स्वध्ययन सिकाइका सामाग्रीहरुको बिकासलाई कार्ययोजनामा समेटिएको मन्त्री पोखरेलले बताए । कार्ययोजनाको कार्यान्वयन प्रक्रियामा तीनै तहका सरकारका साथै बिद्यालय, सामाजिक एवं गैह्सरकारी संस्थाहरु र नीजि क्षेत्रको अहम् भूमिका रहेको उनले बताए । कार्ययोजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने बजेटको प्रवन्ध, स्रोेतमा साझोरीका लागि समन्वय, सामाग्री बिकास र व्यवस्थापन, अनुगमन लगायतका समग्र सहजीकरणको काममा समेत संघीय सरकारको निकायको रुपमा शिक्षा मन्त्रालयले कार्य गर्ने मन्त्री पोखरेलले बताए ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update