नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिकूल अवस्थाका कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको कारण पार्टीको आसन्न १४औं महाधिवेशनको नयाँ कार्यतालिका तय गर्न पर्ने अवस्था आएको बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेल समूहले यसअघि निर्धारित मिति फागुन ७ गते नै महाधिवेशन गर्न पर्ने र गर्न सकिने दाबी गरिरहेकै बेला नेता सिटौलाले त्यो सम्भव नै नभएको बताए।
आइतबार समाचार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै नेता सिटौलाले आफूले यसअघि कार्यतालिका तय गरी पदाधिकारी बैठकले ल्याएको कार्यतालिका व्यवहारिक नभएको बताएपनि केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गरेको बताए।
देउवा र पौडेल दुबैले जसरी पनि पूर्व निधारित मितिमै जसरी पनि महाधिवेशन गर्न पर्ने भनि गरिरहेको दाबीप्रति नेता सिटौलाले पार्टीको महाधिवेशन जसरी पनि गर्ने अथवा फागुन ७ मै गर्न सम्भव नभएको ठोकुवा गरे।
पार्टीले साउन महिनाभित्र समायोजन प्रक्रियासँगै क्रियाशील सदस्यता नविकरणको कार्यतालिका तय गरेको भएपनि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना र सरकारी निषेधाज्ञाको कारण प्रभावित भएको छ।
पार्टी महाधिवेशन पार्टीको विधि, विधान र प्रक्रियाबाट गर्नु पर्ने बताउँदै त्यसका लागि देशभरीका कार्यकर्ताले आन्तरिक लोकतान्त्रिक अधिकार र प्रक्रिया पूरा गरी स्वतन्त्र र निश्पक्ष रुपमा गरिनु पर्ने उनले बताए।
यसका लागि सिटौलाले तत्काल केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाको विषयमा खुलेर छलफल गरी निर्णय गर्न र सोही बमोजिम पार्टी अघि बढ्नु पर्नेमा जोड दिए।
पार्टी नेता पौडेल पक्षले पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्न आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको दबाब पत्र पार्टी कार्यालयमा बुझाउने तयारी गरिरहेका छन् भने देउवा पनि अहिलेसम्म तोकिएकै मितिमा गर्ने कुरा गरिरहेका छन्।
सोही विषयमा नेता सिटौलाले हुनै नसक्ने कुरामा सभापति देउवा र नेता पौडेल किन गर्न सकिन्छ भनि कुरा गरिरहेका छन् भन्नेबारे आफूले बुझ्नै नसकेको पनि उनले बताए।
यसैबीच सभापति देउवाले पार्टी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न असोज १९ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन भने असन्तुष्ट पक्ष उक्त बैठकमा उपस्थित हुने वा नहुने भनि दोधारको अवस्थामा रहेको छ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय