हिमाल दैनिक
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। मंगलबार दिउसो ११ बजे बस्ने भनिएको स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन्। थापाले दुई अध्यक्षबीच परामर्श र गृहकार्य र हुन बाँकी रहेकोले बैठक स्थगित गरिएको जानकारी दिए। उनले अब दुई अध्यक्षबीच परामर्श भएपछि मन्त्र बैठक सुचारु हुने समेत जानकारी दिए। नेकपा भित्रको विवादका कारण समितिको बैठक यसरी स्थगित भएको यो ८ औ पटक हो। असार १० गते बाट सुरु भएको समितिको बैठक १८ गते पछि ७ पटक सम्म स्थगित भईसकेको छ। प्रचण्ड र नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेपछि समितिको बैठक बिभिन्न बाहानामा स्थगित हुँदै आइराखेको छ। १८ गते बसेको बैठकले २० गते बस्ने भनेर मिति तोकेपछि पटक-पटक बैठक स्थगित गरिएको छ। २० गते बस्ने भनिएको बैठक २२ गते, २२ गतेबाट २४ गते, २४ बाट २६ हुँदै साउन २ गते सम्म सारियो। साउन २ गते बस्ने भनिएको बैठक पनि साउन ६ गते सारिएको थियो। साउन ६ गतेको बैठकले बाढी र पहिरोमा परेकाहरुको उद्दार कार्यमा जुट्न प्रस्ताव दर्ता गरि एक हप्ताका लागि स्थगित गरिएको थियो। साउन १३ गते बस्ने भनिएको बैठक बस्नु आधा घण्टा अगाडी नै स्थगित भएको प्रम ओलीका सल्लाहकार थापाले जानकारी दिए। पटक पटक बैठक स्थगित भएपछि आजको बैठक सुचारु गर्न प्रचण्ड र नेपाल पक्षका नेताहरु हिजो खुमल्टरमा छलफल भएको थियो। दुई पक्ष बीच आजको बैठक कुनै पनि हालतमा सुचारु सहमतिमा पुगेपनि ओली पक्षकाले अनिश्चितकालका लागि बैठक स्थगित भनेर सूचना जारी गरेपछि नेकपा भित्रको विवादले नयाँ मोड लिएको छ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update