नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी बिग्रह तत्काल रोक्न दुई अध्यक्षहरुलाई सुझाब दिएका छन्। उपाध्यक्ष गौतमले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिंदै ६ बुँदे सुझाव पार्टीमा राखेका छन्। उनले प्रेस नोट जारी गर्दै पार्टीको एकता अधिवेसनसम्म ओलीलाई नै अध्यक्ष पद र प्रतिनिधि सभाको कार्यकाल सम्म प्रधानमन्त्री बन्न दिन आग्रह गरेका छन्।
उनले यस अघि नै सहमति भए अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार चलाउन दिने र अधयक्ष पुष्प कमल दाहाललाई पार्टीको सबै कार्यकारी अधिकार दिन समेत सुझाब दिएका छन्।
त्यस्तै सरकारको कुनै पनि कम कारबाहीमा पार्टीले हस्तक्षेपन गर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टीको सचिबालय संग परामर्श लिनु पर्ने बताएका छन्। त्यस्तै उनले मन्त्रिमण्डल पूर्ण-गठन को सुझाब समेत अघि सरेका छन्। उनले भनेका छन्,'पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,'।
गौतमले प्रशासन तथा सुरुषा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने समेत सुझाब दिए
सरकारले संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने सुझाब समेत दिएका छन्। यस अघि पार्टीका नेताहरुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पार्टीसंग कुनै परामर्श न लिएको भन्दै असन्तुष्ट जनाएको भन्दै आक्रोश पोखेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै नेकपाको बैठक अब पार्टी कार्यालयमा गर्नु पर्ने समेत सुझाब दिएका छ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय