असन्तुष्ट पक्षको बिरोधका बावजुत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोश्रो दिन ५ विभागहरुमा प्रमुखसहित सदस्यहरुको मनोनयन गरेका छन्।
अधिवेशनको अगाडी विभागहरुको औचित्य नभएको भन्दै राम चन्द्र पौडेल पक्षले आफ्नो सहभागिता नजनाउने अडान लिएपछि आइतबार मात्र १२ बिभागना ५ सय भन्दा बढीलाई मनोनयन गरेका देउवाले आज फेरी ५ विभागमा थप सदस्यहरु र प्रमुखहरु मनोनयन गरेका छन्।
यसरी मनोनयन हुनेमा उद्योग बाणिज्य विभागका चीनकाजी श्रेष्ठको संयोजकमा उपप्रमुखमा अनिल कुमार उग्गटा मनोनयन गरेका छन्। उक्त विभागमा पोखराका प्रतिष्ठित व्यापारी एवं पूर्व उद्योग बाणिज्य संघका पूर्व सदस्य आनन्दराज मुल्मी पनि रहेका छन् भने संगठन विभागका उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ मनोनित गरेका छन् ।
त्यस्तै गोविन्द भट्टराईको नेतृत्वमा रहेको नेपाली जनसम्पर्क विभागमा ७ जना मात्र मनोनित गरेका छन्। त्यस्तै श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईको नेतृत्वमा ३७ जना, राज्य प्रशासन विभागका प्रमुख केशवकुमार बुढाथोकिको नेतृत्वमा ४१ जना र आदिबासी जनजाती विभागका प्रमुह सीता गुरुङको नेतृत्वमा ४१ जना सदस्य मनोनयन भएका छन्।
देउबाको पछिल्लो कदमपछि थप आक्रोशित र रुष्ट असन्तुष्ट पक्षले त्यसको प्रतिबद कसरी गर्ने भनेर बृहत छलफल तथा गृहकार्य गरिरहेका छन्।
नामसुची:
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय