पोखरामा थप १६ जनामा कोरोनाको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य निर्देशनालय पोखराको अध्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकामा थप १६ जनामा संक्रमण देखिएको हो। संक्रमित ५ महिला र एक बालिका र १० पुरुष रहेका छन्।
कास्की जिल्लामा अहिलेसम्म २८५ जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमितमध्य अहिले सम्म १६० जना स्वास्थ्य लाभ लिईसकेको निर्देशनालयले जनाएको छ।
त्यस्तै आज मात्र बाग्लुङ्गमा १, तनहुँमा २, स्याङ्जामा २ र नवलपरासी पु मा ३ जना गरि थप ८ संक्रमित थपिएका छन्। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ।
कोरोना मुक्त जिल्ला
गण्डकी प्रदेशमा ३ जिल्ला कोरोना मुक्त भएका छन्। मुस्ताङ्ग र मनाङ्ग जिल्लामा १-१ जनामा संक्रमण देखिएको थियो। अहिले दुवै जिल्ला कोरोना मुक्त भएका छन्। त्यस्तै म्याग्दी ४८ जनामा संक्रमण देखिएको थियो। उनिहरु सबै पनि कोरोना मुक्त भएको निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा अहिलेसम्म बढी संक्रमित नवलपरासी पु जिल्लामा देखिएको छ। यस जिल्लामा ३७८ जना संक्रमण देखिएको थियो जसमध्य ३२६ जना निको भएका छन। पर्बत जिल्लामा अहिले सम्म १०५ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये ५८ जना निको भएका छन्। गोरखामा १६६ जना संक्रमित मध्य १११ जना स्वास्थ्य-लाभ लिई घर फर्कीसकेका छन्। लम्जुङ्गमा भने हाल सम्म १६६ जनामा कोरोना देखिएको छ जस मध्य १११ जना कोरोना मुक्त भएका छन्। बाग्लुङ्गमा भने २७६ जनामा देखिएको संक्रमणमा २६० जना कोरोना मुक्त भएका छन्। तनहुँमा २२७ जना संक्रमित मध्य १८७ जना निको भएका छन्। स्याङ्गजामा हाल सम्म ३०७ जनामा कोरोनाको संक्रमण देखिएको छ। यस जिल्लामा अहिले सम्म २८४ जना निको भएका छन्। ।
७ जनाको मृत्यु
गण्डकी प्रदेशमा अहिले सम्म ७ जनाको मृत्यु भएको छ। ११ जिल्ला मध्य ५ जिल्लामा ७ जनाको मृत्यु भई सकेको छ।पछिल्लो विवरणअनुसार कास्कीमा २, गोरखामा १, तनहुँमा १, स्याङ्गजामा २ र बाग्लुङ्गमा १ गरि ७ जनाको मृत्यु भईसकेको छ।
संक्रमित को विवरण:
वडा नं :४ | ३५,२२ र २३ बर्षिय पुरुष |
वडा नं : ५ | ३४ बर्षिय पुरुष |
वडा नं :६ | ३५ र ६१ बर्षिय पुरुष |
वडा नं :८ | १९,२४,४४ बर्षिय महिला र १६ बर्षिय पुरुष |
वडा नं :९ | ६ बर्षिय बालिका, ६१ बर्षिय महिला, ३५ बर्षिय पुरुष |
वडा नं :१६ | ३० बर्षिय पुरुष |
वडा नं :२७ | ३० बर्षिय पुरुष |
वडा नं :३० | २७ बर्षिय महिला |
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय