हिमाल दैनिक
अर्थ, सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकार बाहिर रहेर पनि मुलुकको हित, राष्ट्रिय बिकास लगाएतमा आफु लागिरहने बताएका छ । शुक्रबार सञ्चार मन्त्रालयमा संञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै मन्त्री खतिवडाले आफु सदैव मुलुकको हित र जनताको हितका लागि लागिरहने बताएका हुन् । मन्त्रीपरिषद्को बैठकमा आफुले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्त गरेको उनले बताए । राष्ट्रिय हितमा काम गर्दा कसैको चित्त दुखेको भए आफु व्यक्तिगत अभिष्ट पुरा गर्न नभइ राष्ट्रका लागि गरेको भनेर बुझिदिन उहाले आग्रह गरे । उनले पदमा रहदा वा नरहदा पनि व्यक्तिगत स्वार्थमा नलाग्ने स्पष्ट पारे । उनले धेरै अनुभव संगालेर सरकारबाट बिदा हुन लागेको बताए । मन्त्री खतिवडाले आजै प्रधानमन्त्रीलाई राजनीनामा बुझाउने जानकारी दिए । त्यस्तै उनले सञ्चारमन्त्रीको रुपमा काम गर्दा प्रत्यक्ष रुपमा सञ्चार क्षेत्रलाई बुझ्ने मौका पाएको बताए । खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उमको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनि दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए । संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update