हिमाल दैनिक
रातो मच्छिन्द्रनाथको मुर्ति बुङमतीमा लगियो
machhindra-nath
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमती लगिएको छ । सोमाबार आठ जना पुजारीले रातो मच्छिन्द्रनाथको मुर्तिलाई खटमा राखेर बुङमती लगेका हुन् । चारैतिर नाका बन्द गरेर प्रहरीले सुरक्षा दिएपछि अगाडि पछाडि विभिन्न थरीका बाजासहित लगिएको थियो । कोरोना महामारीका कारण यस वर्ष नरिवल खसाल्ने, जाउलाखेलमा पु¥याएर भोटो देखाउन र रथ तानेर पाटनका विभिन्न ठाँउ पु-याउने परम्परा भने रोकिएको छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने तय भएको छ । वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथ यात्रा यस वर्ष कोभिड– १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि भदौ १८ गते स्थानीय केही युवाहरूले प्रशासनको अनुमति बिना रथ तानेका थिए । सोही क्रममा प्रहरी र युवाबीच झडप भएको थियो । युवाहरूले रथ राखिएको ठाउँबाट तानेर केही पर पु¥याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले क्षमा पूजा गरी रथ तानेर सोह्रखुट्टे पाटीसम्म पु-याएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update