हिमाल दैनिक
कुनै पनि हालतमा पार्टी फुट्न दिनु हुँदैन: पौडेल
devendra-poudel
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कुनै पनि हालतमा पार्टी फुट्न नदिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जनताले नै नेकपा एक बनाएको भन्दै जनतालाई निराश बनाएर पार्टी फुट्न नदिइने बताएका हुन् । https://twitter.com/i/status/1287368893921599489 पार्टीका नेताहरुले अध्यक्षद्वयलाई समझदारीमा अघि बढ्न सुझाव दिइएको उनको भनाई छ । पौडेलले औपचारिक रुपमा स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग नगरिएको स्पष्ट पारे । उनले वर्तमान सरकारले राम्रा काम गरेको भन्दै प्रधानमन्त्रीले सवै बिषयलाई उचित तवरले सम्बोधन गर्दै पार्टीको समस्या समाधान गर्नुपर्ने सुझाव दिए । पौडेलले अहिले पार्टीभित्र देखिएको बिबाद कार्यबिभाजनको बिषय मात्र भएको तर्क गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update