सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज पनि सारिएको छ। बिहिबार ११ बजे बस्ने भनिएको सचिवालयको बैठक ४ घण्टा पछि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आज बिहान बस्ने भनेको सचिवालयको बैठक दिउँसाे ३:०० बजे बस्ने जानकारी दिए।
आजको बैठकमा नेकपाभित्र बल्झिएको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिबेदन माथि छलफल हुने बताइएको थियो। आजको बैठकमा उक्त कार्यदलका सदस्य भिम रावल, सुरेन्द्र पाण्डे, पम्प भुसाल, जनार्धन शर्मा र शंकर पोख्रेललाई छलफलमा डाकिएको छ।
त्यस्तै नेकपाका उपध्यक्ष बामदेव गौतमले फेरी राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेका छन्। तर प्रधानमन्त्रीको चाहना भने अर्थमन्त्री युबराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजान खॊजेपछि अब कसलाई लैजाने भन्ने बिषयमा पनि छलफल आजको बैठकमा हुने बताइएको छ।
आज बिहानसम्म गृहकार्य नपुगेको भन्दै बैठक ४ घण्टा पछि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । यसका लागि हिजो दुई अध्यक्ष ओली र पुष्प कमल दाहाल 'प्रचण्ड' बीच छलफल भएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय