हिमाल दैनिक
अर्थमन्त्री तथा संचारमन्त्री युवराज खतिवडाले राजिनामा दिएका छन्। शुक्रबार खतिवडाले प्रधानमन्त्री समक्ष आफ्नो राजिनामा पेस बुझाएका हुन्। आज नै उनि मन्त्रि परिषदको बैठकमा आफुले प्रधानमन्त्री केपी ओलीप्रति आभार व्यक्त गरेका थिए। अर्थमन्त्रालयमा बिदाई कार्यक्रममा उनले सरकार बाहिर रहेर पनि मुलुकको हित, राष्ट्रिय बिकास लगाएतमा आफु लागिरहने बताएका थिए। राष्ट्रिय हितमा काम गर्दा कसैको चित्त दुखेको भए आफु व्यक्तिगत अभिष्ट पुरा गर्न नभइ राष्ट्रका लागि गरेको भनेर बुझिदिन उनले आग्रह गरे । उनले पदमा रहदा वा नरहदा पनि व्यक्तिगत स्वार्थमा नलाग्ने स्पष्ट पारेका थिए । उनले धेरै अनुभव संगालेर सरकारबाट बिदा हुन लागेको बताए । मन्त्री खतिवडाले आजै प्रधानमन्त्रीलाई राजनीनामा बुझाउने जानकारी दिए । त्यस्तै उनले सञ्चारमन्त्रीको रुपमा काम गर्दा प्रत्यक्ष रुपमा सञ्चार क्षेत्रलाई बुझ्ने मौका पाएको बताए । खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उमको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः उनि दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए । संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा. खतिवडाको यात्रा रोकिएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update