हिमाल दैनिक
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
116344983_2168836733260448_5034459173125517325_n
गण्डकी प्रदेशले भोलि जनै पुर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार जनैपूर्णिमाको दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको हो। गत चैत्र २२ गतेको मन्त्रिपरिषदको बैठकले साउन १९ गते जनैपूर्णिमा, ईद पर्ने दिन र पुष १५ गते तमु ल्होसार का अवसरमा बिदा दिने निर्णय गरेको थियो। उक्त बिदा प्रदेश राजपत्रमा पनि प्रकाशित गरिएको थियो।  
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update