हिमाल दैनिक
रातो मच्छिन्द्रनाथको मूर्ति बुङ्मती लैजाने साइत जुर्यो
rato-machhindranath
रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङ्मती लैजाने साइत जुरेको छ ।सोमबार ललितपुरको मंगलबजारको मणिमण्डप पाटीमा मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजाने साइत निकालेका हुन् । भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत जुरेको ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिए । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउँने सहमतिअनुसार साइत हेरिएको हो । हिजो रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने सोमबार ललितपुरका स्थानीयबासीले जात्राको परम्पराअनुसार भुज्या मनाएका छन् । २९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिने जोशीले जानकारी दिए । बुङ्मति लगिएको चौथो दिनमा असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update