पोखरा स्थित घारीपाटन स्थित हिमालयन आँखा अस्पतालका लेखा अधिकृत बामदेव सुबेदी करणीका आरोपमा पक्राउ परेका छन्। सुबेदीबिरुद्ध अस्पताल मै काम गर्ने दुई महिला कर्मचारीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन्।
सुबेदीले विगत ४ बर्षदेखि यौन शोषण गरेको भन्दै यी दुई महिलाले भदौ १७ गते कर्मचारी युनियनमा कारबाहीको माग गर्दै निबेदन दिएका थिए। अस्पतालका ७२ जना कर्मचारीले हस्ताक्षर गरेर अस्पताल प्रशासनलाई पत्र बुझे पछि उनलाई भदौ २० गते नै पदबाट निलम्बन गरिएको अस्पतालले जनाएको छ। अहिले उनि प्रहरी हिरासतमा छन्।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय