हिमाल दैनिक
ललितपुर महानगरपालिकाले नगरभित्रको सडक निर्माणलाई तीव्रता दिएको छ । महानगरले ८ सय मिटरसम्मको सडक निर्माणलाई तीव्रता दिएको हो । महागरले बिभिन्न फेजमा ९२ वटा सडक निर्माणकार्य गरिरहेको छ । जसअन्तर्गत बिहीबार फेज ३ अन्तर्गत २१ वटा सडक निर्माणको महागरका प्रमुख चिरिबाबु महर्जनले शिल्यान्यास गरेका छन् । पहिलो फेज अन्तर्गत १९ वटा सडक निर्माण सम्पन्न भइरहेको छ भने दोश्रो फेज अन्तर्गत १५ वटा सडक निर्माण भइरहेको महानगरले जनाएको छ । तेश्रो फेजमा २१ वटा सडकको २६ करोड ८८ लाखमा काम भइरहेको महानगरले जनाएको छ । सडक सिल्यानाश गर्दै महानगर प्रमुख महर्जनले सम्बन्धीत वडाबाट माग भए बमोजिम महानगरले सडक निर्माण गरिरहेको जानकारी दिए । उनले गुणस्तरमा कुनै कमी हुन नदिन परामर्शदाता नियुक्त गरि गुणस्तर जाँच गर्ने काम भइरहेको बताए । महानगरले फेज चार अन्तर्गत ३७ वडा सडक बनाइने जनाएको छ । यसअघि महानगरले महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान कार्य सुरु गरेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update