हिमाल दैनिक
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षको बैठकले सहमति र समझदारीबाटै सबै समस्या समाधान गर्ने सहमति बनेको छ। अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीबीच भएको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको अध्यक्ष थापाले सामाजिक सञ्जालमा बताएका छन् । https://twitter.com/KTnepal/status/1306177921887813633 एकतापछिको दल निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ/पर्दैन विषयमा दलभित्र विवाद छ। चुनाव चिन्ह के राख्ने भन्ने बारेमा पनि विवाद छ। पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाउने निर्णय भएको थियो । ६ महिना बितिसक्दा पनि यो विषय टुंगो लागेको छैन। फागुन २९ गते राप्रपा र राप्रपा (संयुक्त) बीच एकता भएको थियो। त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update