बलिउड अभिनेता इरफान खानको निधन भएको छ। उनको ५४ बर्षको उमेरमा मुम्बई स्थित कोकिलाबेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय संचार मध्यमले जनाएको छ ।
मंगलबार उनि आफ्नो घरको बाथरुममा लडेपछि उनलाई अस्पतालमा भर्ना गराइएको थियो। उनको स्वाथ्य स्थिति नाजुक भएपछि उनलाई आइसियुमा रखिएको थियो। सन् २०१८ मा खानलाई न्यूरोएंडोक्राइन ट्युमर भएको उनले सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए। उपचारका लागि उनि लण्डनमा केहि समय बसेका थिए।
स्वास्थ्य अवस्थामा केहि सुधार भएपछि उनि भारत फ़ेर्किएका थिए। पछिल्लो समय उनको स्वास्थ्यमा सुधार आएपछि उनले ‘इंगलिस मिडियम’ फिल्म मा अभिनय गरेका थिए।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय