हरेक साँझ अनि
हरेक बिहानीका
मध्यान्तरहरु
काला हुन्छन्
अन्धकार हुन्छन्
र
निष्पट्ट हुन्छन्
त्यसैले
सानो ज्योति नै आशावादी लाग्छ ।
उज्यालो छोडेर आएका रातहरु
चैतन्य हुँदैनन्
जाग्रत हुँदैनन्
र उत्पादक हुँदैनन्
तैपनि आशाको दियालो बाल्छन्
हुङ्कार उब्जाउँछन्
र
सपना जन्माउँछन् – प्रत्येक रातहरु
उज्यालो पछ्याउँदै गएका रातहरु
मनभरि जिजिविषा पाल्छन्
भविष्य छाँट्छन्
र
बाटाहरु हेर्छन् – ती विषम रातहरु
रातहरु सुषुप्त छन्
रातहरु निःशब्द छन्
र त
श्वासहरु झर्का ठान्छन्
स्वरहरु चर्का ठान्छन्
मेरा भोगाइका ती अर्थपूर्ण रातहरु
मेरा सहबासका ती पृथक रातहरु ।।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय