हिमाल दैनिक
'स्पेनिस ला लिगा'मा रियल म्याड्रिड शिर्ष स्थानमा उक्लिएको छ। गएराती भएको खेलमा रियलले एस्पान्योललाई हराउदै अंक तालिकाको शिर्ष स्थानमा उक्लन सफल भएको हो। एस्पान्योलको घरेलु मैदानमा भएको खेलमा एस्पान्योलमाथि १-० को जीत निकालेको छ। https://youtu.be/DBKtMIuEN8A?t=8 खेलको पहिलो हाफको इन्जुरी टाइममा रियलका कासेमिरोले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। करिम बेन्जेमाको पासमा कासेमिरोले गोल गरेका थिए। पहिलो हाफमा रियलले एक गोलको अग्रता लिए पनि दोश्रो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेन। कासेमिरोको त्यो एक गोल नै यस खेलको निर्णायक गोल बन्यो। यस जीत संगै स्पेनिस ला लिगाको अंक तालिकामाबार्सिलोनालाई दुई अंकले पछि पर्दै रियल शिर्ष स्थानमा उक्लिएको छ। ३२ खेल खेलेको रियलको ७१ अंक सहित तालिकाको शिर्ष स्थानमा छ भने बार्सिलोना ६९ अंकसहित दोस्रो स्थानमा छ। आइतबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको थियो। अंक तालिकामा एथ्लेटिको ५८ अंक सहित तेस्रो स्थानमा रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update