हिमाल दैनिक
'स्पेनिस ला लिगा'मा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सेल्टाले घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र सेल्टा २-२ गोलको बराबरी खेलेको थियो। खेलमा २-१ को अग्रता लिएको बार्सिलोना खेलको अन्तिम २ मिनेटमा सेल्टाका आएगो असपासले गोल गरेपछि बार्सिलोना बराबरीमा रोकियो। खेल सुरु भएको २०औं मिनेटमा बार्सिलोनाका कप्तान लिओनल मेसीको फ्रि-किकमा लुइस सुअरेजले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा बार्सिलोनाको अग्रता कायम नै रहेपनि दोश्रो हाफको ५०औं मिनेटमा सेल्टाका फेडोर स्मोलोभले गोल गरेर खेल बराबरीमा पुराए। खेल सुचारु भएको १७ मिनेट पनि नबित्दै सुअरेज फेरी अर्को गोल गरे। खेलको ६७औं मिनेटमा मेस्सीकै पासको सदुपयोग गरेर सुअरेजले गोल गरेका थिए। उनले टिमलाई २-१ को अग्रता दिलाए । खेल सकिन २ मिनेट अघि सेल्टाका आयगो असपासले फ्रि-किकमा शानदार गोल गर्दै खेललाई बराबरीमा पुराए। https://www.youtube.com/watch?v=GNZc-u4MfGw यसरी लुइस सुअरेजले दुई गोल गरेतापनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन। यससंगै बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने मौका चुकेको छ। अंक तालिकामा रियल म्याड्रिडलाई पछार्दै बार्सिलोना १ अंकको अग्रताले शिर्ष स्थानमा उक्लिएको छ। ३२ खेल खेलेको बार्सिलोनाको ६९ अंक साथ पहिलो स्थानमा छ भने म्याड्रिड ३१ खेल खेलेर ६८ अंक सहित दोश्रो स्थानमा रहेको छ। आइतबार रियल स्पानयोसँग खेल्ने छ। त्यस्तै गएराति भएको अन्य खेलहरुमा एथ्लेटिको बिल्बाओले माल्रोकालाई ३-१ ले पराजित गर्यो भने ओसासुन्नाले लेगानेसलाई २-१ हराएको छ। अंक तालिकामा एथ्लेटिको ५८ अंक साथ तेस्रो स्थानमा रहेको छ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update