हिमाल दैनिक
लिभरपुलले ३ दशकपछि इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि हात परेको छ। गएराति म्यानचेस्टर सिटी र चेल्सीबीच भएको खेलमा चेल्सीसंग २-१ गाेलअन्तरले सिटी पराजित भएको थियो। उक्त खेलपछि अंक तालिकामा शीर्ष स्थानमा रहेकाे लिभरपुल यसपाली बिजेता बन्ने पक्का भएको हो। प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाईटेडपछि लिभरपुलले नै बढी उपाधि हात पारेको छ। १३२ बर्षको लामो इतिहासमा अहिलेसम्म युनाईटेडले २० उपाधि आफ्नो खातामा राख्न सफल भएकाे छ भने लिभरपुलले १९ उपाधि हात पारेको छ। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मार्चमा प्रिमियर लिगका सबै खेल स्थगित गरिएको थियो। ३ महिनाको लामो पर्खाइपछि १७ जुनबाट प्रिमियर लिग सुरु भएको थियो। जसमा लिभरपुलकाे यस बर्षको बिजेता बन्ने सपना हिजो राती सिटी र चेल्सीबीचको खेलबाट पुरा भएकाे हाे। हिजो भएको खेलमा चेल्सीले सिटीलाई हराएपछि अंक तालिकामा लिभरपुल ८६ अंक सहित पहिलो स्थानमा छ भने सिटी ६३ अंक बटुलेर दोश्रो स्थानमा रहेको छ। ७ खेल खेल्न बाँकी रहेको र २३ अंकपछि रहेको सिटी अब लिभरपुलको बराबरी गर्न नसक्ने पक्का भईसकेको छ। यस कारणले यसबर्षको बिजेता लिभरपुल भन्ने पक्का भएको हो। मार्चमा लिग रोकिदा लिभरपुल र सिटीबीच २५ अंकको फरक थियो। [table id=10 /] इंग्लिस फुटबल लिग सन् १८८८ मा सुरु भएको थियो। सन् १८९२ मा यसको नाम परिवर्तन गरिएर फुटबल लिग फस्ट डिभिजन राखिएको थियो। यस अबधिमा लिभरपुलले १८ उपाधि आफ्नो नाममा गरिसकेको थियो। सन् १९९२ मा लिगको नाम फेरी परिवर्तन गरि इंग्लिस प्रिमियर लिग राखियो। लिभरपुलले पहिलो उपाधि सन् १९९० मा हात पारेको थियो। इंग्लिस प्रिमियर लिगमा सात खेल खेल्न बाँकी रहँदै कुनै टिम बिजेता बनेको यो पहिलो पटक हो। यस अघि २०००-०१ मा म्यानचेस्टर यूनाइटेड र २०१७-१८ मा म्यानचेस्टर सिटीले ५-५ खेल खेल्नु अघि नै टाईटल हात परेका थिए। । खेल खेल्नु अघि बिजेता बनेका टिमहरु : [table id=11 /] एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update