'इंग्लिस प्रिमियर लिग' मा म्यानचेस्टर सिटिले ब्रुन्लीलाई फराकिलो अन्तरले हराएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले ५ गोलको अन्तरले ब्रुन्लीमाथि जीत निकालेको हो ।
खेलको २२ औं मिनेटमा फोडेनले गोल गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थिए। पहिलो हाफको ४३ मिनेटमा मेहरेजले दोस्रो गोल गरेका थिए। त्यस्तै पहिलो खेलको इन्जुरी समयमा मेहरेजले दोस्रो गोल गर्दै ३-० को अग्रता दिलाए।
https://www.youtube.com/watch?v=DG7TZUfL4kM
दोस्रो हाफमा ५१ औं मिनेटमा सिल्भाले चौथो गोल र ६३ औं मिनेटमा फोडेनले पाँचौ गोल गर्दै खेललाई ५-० मा पुरेका थिए। यससंगै सिटि अंक तालिकामा ६३ अंक बटुलेर दोश्रो स्थानमा कायम छ। पहिलो स्थानमा रहेको लिभरपुलसंग सिटिले हिजोको खेलबाट दुरी २० अंकमा घटाएको छ ।
सोमबार लिभरपुल एभर्टनसंग गोल रहित बराबरीमा रोकिएको थियो। ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक रहेको लिभारपुर जित्नका लागि अब पाँच अंकको खाँचो छ। लिभरपुलले अहिलेसम्म टिष खेल खेलेको छ। ८ खेल खेल्न बाँकी रहेको लिभरपुल अब दुई गेम मात्र जित्यो भने उपाधि हात पर्नेछ।
अब लिभरपुल बुधबार प्यालेससँग खेल्ने छ। त्यस्तै सिटि बिहीबार चेल्सीसंग संग खेल्दैछ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय