'इटालियन सिरी ए' इन्टर मिलानले जीत हासिल गरेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा मिलानले साम्पडोरियाथीलाई २-१ को अन्तरले पराजित गरेको हो।
खेल सुरु भएको १० मिनेटमै इन्टरले अग्रती लिएको थियो। १० औं मिनेटमा रोमेलु लुकाकुले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै खेललाई रोचक बनाएका थिए। लुकाकु यसअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर थिए। उनले गोल गरेपछि 'ब्ल्याक लाइफ म्याटर' अभियानलाई साथ थिएका थिए। उनको यो यस सिजनको १८ औं गोल हो।
https://youtu.be/ct-92K6KI1I
त्यस्तै खेल फेरी अर्को ३३ औं मिनेटमा इन्टरका मार्टिनेजले अर्को गोल पहिलो हाफ मै २-० को अग्रता लिएको थियो।
खेलको दोस्रो हाफमा ५२ औं मिनेटमा साम्पडोरियाथीको मोर्टेन थोर्स्बीले गोल गरेर खेललाई २-१ पुराए। थोर्स्बीको त्यो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। मिलन जीतसंगै ५७ अंक बटुलेर तालिकाको तेस्रो स्थानमा यथावत छ। सम्पडोरिया भने २६ अंक सहित १६ औं स्थानमा छ । लाजिओ ५९ अंक सहित दोश्रो स्थानमा रहेको छ। त्यस्तै युभेन्ट्स ६० अंकका साथ लिगको पहिलो स्थानमा रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय