हिमाल दैनिक
स्पेनी ला लिगामा रियल म्याड्रिड शिर्ष स्थानमा उक्लन सफल भएको छ। गएराती भएको खेलमा रियलले सोसिडाडलाई हराउदै ला लिगाको शिर्ष स्थान मा उक्लन सफल भएको हो। आइतबार भएको खेलमा रियलले सोसिडाडलाइ २-१ को अन्तरले पराजित गरेको थियो। हिजो भएको खेलमा रियलका कप्तान सर्गियो रामोसले ५० औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए। १८ मिनेट नबित्त्दै सोसिडाडका एडनान जानुजाइले गोल गरेर खेललाई बराबरीमा पुराएका थिए। https://www.youtube.com/watch?v=QBbrbdKV5y0 खेलको ७० औं मिनेटमा करिम बेन्जामा दोश्रो गोल गरि आफ्नो टिमलाई २-० को अग्रता दिलाएका थिए। खेलको ८३ औं मिनेटमा सोसिडाडका मिकेल मेरिनोले अन्तिम गोल गर्दै खेललाई २-१ मा पुराएको थियो। यससंगै ३० खेल खेलेको रियलले ६५ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ। त्यस्तै ३० खेल खेलेको बार्सिलोना ६५ अंख बटुल्दै दोश्रो स्थानमा रहेको छ। शनिबार सेभियासंग खेलेको बार्सिलोना गोल रहित बराबरीमा रोकिएको थियो। अंक तालिकामा हेड टु हेड नियम अनुसार रियल शिर्ष स्थानमा उक्लन सफल भएको हो। त्यस्तै गएराति भएको भ्यालेन्सियाले ओसासुनालाई २-० पराजित गरेको थियो। सेल्टा भिगो र अलाभेसबीच भएको खेलमा सेल्टाले ६-० को गोल अन्तरले अलाभेसलाई पराजित गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update