स्पेनी ला लिगाको शीर्ष स्थानमा राखेको बार्सिलोना सेभियासँग बराबरीमा रोकिएको छ। गएराती सेभियाको घरेलु मैदानमा भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको सेभिया गोल रहित बराबरीमा रोकिएका हुन्। उक्त खेल बराबर रोकिएपछि बार्सिलोनाले ६५ अंक बनाएर पहिलो स्थानमै कायम छ भने सोभिया ५२ अंक सहित लिग तालिकाको तेस्रो स्थानमा रहेको छ।
यस खेलमा लिगको दोश्रो स्थानमा रहेको रियल म्याड्रिडलाई निकै फाइदा पुगेको छ। यस खेलमा बार्सिलोनाले जितेको खण्ड रियलसंग ५ अंकको अग्रता बनाउँथ्यो। हालसम्म बार्सिलोनाले ३० खेल खेलेको छ भने रियलले २९ खेल मात्र खेलेको छ। अब रियलले सोसिडाडसंग आफ्नो ३० औ खेल खेल्नेछ। उक्त खेलमा रियलले जित हासिल गरेको खण्डमा बार्सिलोनासंग बराबरी हुनेछ। त्यसबेला हेड टु हेडमा रियल शिर्ष स्थानमा पुग्ने छ।
यस खेलसंगै बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको करियरको ७०० औँ गोल केहि समयका लागि रोकिएको छ ।
त्यस्तै गएराति भियारियलले ग्रानडालाई १-० ले पराजित गरेको छ। यस खेलसंगै भियारियलले शिर्ष चारको सम्भावना बढाएको छ । ३० खेल खेलेको भियारियल ४७ अंक सहित सातौं स्थानमा छ भने गेटाफे ४७ अंक सहित पाँचौ स्थानमा रहेको छ।
अब बार्सिलोनाले मंगलबार एथ्लेटिक बिल्बाओसँग खेल्नेछ। एजेन्सी
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय