पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ। भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उमर अकमलमाथि तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
सन् २००९ देखि पटक पटक विवादमा तानिँदै आएका उनले १ सय २१ एकदिवसीय तथा ८४ वटा टी–२० खेलेका छन्। उनले पछिल्लो समय सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट खेलेका थिए ।
डेब्यू टेस्टमै शतक बनाएका अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट खेलेका छन्।
यो सिजनको पाकिस्तानी सुपर लिग (पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।
अकमलमाथि प्रान्तीय क्रिकेटमा गएको फेब्रुअरीमै प्रतिबन्ध लागेको थियो।
अनुशाषन कमिटीका अध्यक्ष पूर्वन्यायाधीस फजल ए मिरान चौधरीले भने, ‘उमर अकमललाई सबै फरम्याट र घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाट तीन बर्ष प्रतिबन्ध लगाइएको छ।’ उनको प्रतिबन्ध २० फेब्रुअरीदेखि सुरु हुनेछ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय