प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट मध्ये चालू तर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूजिगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वितिय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको यादवले बताए ।
बजेटमा कृषि, कोरोना उपचार, लघु उद्यम लगाएतलाई बिशेष प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
https://www.facebook.com/himaldainik/videos/305473947277444/?t=1
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय