हिमाल दैनिक
गण्डकी प्रदेशमा ४ अर्ब ८४ करोडको बजेट
kiran-gurung-gandaki
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल ३४ अर्ब ८४ करोडको बजेट ल्याएको छ । सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट साार्वजनिक गरेका हुन् । जसमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार छुट्याइएको छ । पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७ दशमलव ४ प्रतिशत) रहेको छ । बजेटमा कोरोना रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यक्रम लक्षित गर्दै २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ । https://twitter.com/i/status/1272501352736763904 यसैगरी कोरोना भाइरसबाट प्रभावित उद्योग, व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न विशेष कार्यक्रम सञ्‍चालन गर्ने भन्दै व्यवसाय जीवन रक्षा कोष स्थापना गरी १ अर्ब छुट्टाएको मन्त्री गुरुङले बताए । स्वदेश तथा विदेशमा कोरोनाबाट रोजगारी गुमाएका युवालाई रोजगारी तथा स्वरोजगार बनाउन आवश्यक सीप र पुँजी र प्रविधिका लागि १८ करोड ४२ लाख विनियोजन गरिएको उनले जानकारी दिए । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रमलाई कोभिड–१९ को प्रभाव र असर न्यूनिकरण, पुँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्‍चालन गर्नेगरी निरन्तरता दिइएको मन्त्री गुरुङले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update