वाग्मती प्रदेश सरकारले ५१ अर्बको बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको उनले बताए । कुल विनियोजित बजेटमध्ये चालुतर्फको बजेट ५१.१२ प्रतिशतर पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत हो ।
https://www.facebook.com/himaldainik/videos/272945207125952/?t=1
बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख अन्य राजश्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचतबाट अनुमानीत ७ अर्ब ५० करोड हुने मन्त्री ढुङगेलले जानकारी दिए ।
बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री ढुङगेलले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय