हिमाल दैनिक
गृहमन्त्रीको जवाफ माग
prakas-pantha
गृहमन्त्रीको जवाफ माग राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन् । आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे । सम्माननीय अध्यक्ष महोदय, नेपाल र चीन बिच १४१४.८८ किलोमिटर सीमाना रहेको छ र ९८ वटा सीमा स्तम्भहरु रहेका छन । ती मध्ये केही सीमा स्तम्भ हराएका र केही नेपाल भित्र सारिएका छन् । दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा, रसुवा लगायत जिल्लाका ६४ हेक्टर भन्दा बढी भू–भाग अतिक्रमणमा परेको खवर छ । कुरा के हो ? नेपाल सरकारको स्प्ष्ट जबाफ चाहियो । यसैगरी, गत महिना रुकुम पश्चिमको सोतीमा भएको हिंसात्मक घटनाको सम्बन्धमा सत्यतथ्य छानविनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सन्दर्भमा शान्तिपूर्ण धर्नामा बसेका जनप्रतिनिधिलार्ई हिजो प्रहरीद्वारा गरिएको बलपूर्वक हस्तक्षेप, लाठीचार्ज र धरपक्कड प्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपूर्वक ज्ञापनपत्र बुझाउन गएका सांसद, नेता, लगायतका व्यक्तिहरुलाई अन्धाधुन्ध लाठीचार्ज गरी बल प्रयोग गर्नु अत्यन्त निन्दनीय कार्य हो । यस कार्यको घोर भत्र्सना गर्दछु । धन्यवाद !
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update